+

खेलकुद मन्त्रालयका सचिव पौडेल पनि एसियन गेम्सका लागि जापान नजाने

२०८३ असोज  २ गते १३:५१ २०८३ असोज २ गते १३:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले २०औं एसियन गेम्सका लागि जापान नजाने निर्णय गरेका छन् ।
  • विपद्बाट प्रभावितलाई सहयोग गर्न जाँदा लाग्ने खर्च सदुपयोग गर्ने उद्देश्यले नजाने निर्णय गरेको उनले बताए ।
  • यसअघि खेलकुदमन्त्री सस्मित पोखरेल र राखेपका सदस्यसचिव रामचरित्र मेहताले पनि जापान नजाने निर्णय गरिसकेका छन् ।

२ असोज, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल पनि २०औं एसियन गेम्सका लागि जापान नजाने भएका छन् । यसअघि जापान जाने सूचीमा रहेका सचिव पौडेलले एसियन गेम्समा नजाने निर्णय गरेका हुन् ।

हालको विषम परिस्थितिमा एसियन गेम्समा जानुभन्दा जाँदा लाग्ने खर्च विपद्बाट प्रभावितलाई सहयोग गर्ने उद्देश्यले नजाने निर्णय गरेको सचिव पौडेलले बताए ।

यसअघि खेलकुद मन्त्री सस्मित पोखरेल र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रामचरित्र मेहताले पनि एसियन गेम्सका लागि जापान नजाने निर्णय गरिसकेका छन् ।

२०औं एसियन गेम्स चुडामणि पौडेल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय