+

एसियन गेम्स महिला क्रिकेटको सेमिफाइनल समिकरण पूरा

२०८३ असोज  २ गते १२:३८ २०८३ असोज २ गते १२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा जारी २०औं एसियन गेम्स महिला क्रिकेटमा पाकिस्तान, श्रीलंका, बंगलादेश र भारत सेमिफाइनलमा पुगेका छन् ।
  • बंगलादेश र चीनबीचको क्वाटरफाइनल वर्षाका कारण रद्द भएपछि बंगलादेश वरियताका आधारमा सेमिफाइनलमा छनोट भएको थियो ।
  • पाकिस्तानले थाइल्यान्डलाई, श्रीलंकाले मलेसियालाई र भारतले जापानलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका छन् ।

२ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमिफाइनल समिकरण पूरा भएको छ ।

८ टोली मात्र सहभागी महिला क्रिकेटमा सोझै क्वाटरफाइनलका खेलहरू भएका थिए ।

बंगलादेश र चीनबीचको पहिलो क्वाटरफाइनल खेल वर्षाका कारण रद्द हुँदा वरियताका आधारमा बंगलादेश सेमिफाइनलका लागि छनोट भएको थियो ।

दोस्रो क्वाटरफाइनलमा पाकिस्तानले थाइल्यान्डलाई हराउँदै सेमिफाइनलमा स्थान बनायो ।

तेस्रो क्वाटरफाइनलमा श्रीलंकाले मलेसियालाई हरायो भने चौथो क्वाटरफाइनलमा भारतले जापानलाई हरायो ।

अब फाइनल प्रवेशका लागि पाकिस्तान र श्रीलंका तथा बंगलादेश र भारत खेल्नेछन् । सेमिफाइनलमा पराजित हुने टोलीले कास्य पदकका लागि खेल्नेछन् ।

भारत यसअघिको स्वर्ण पदक विजेता हो ।

२०औं एसियन गेम्स एसियन गेम्स क्रिकेट एसियन गेम्स महिला क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय