News Summary
Generated by OK AI. Editorially reviewed.- लुम्बिनी लायन्सले एनपीएल २०२६ का लागि शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ‘होम डेभलपमेन्ट बैंक पार्टनर’का रूपमा निरन्तरता दिएको छ।
- सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र लुम्बिनी लायन्सका टिम म्यानेजर लक्ष्मणदेव आचार्यले हस्ताक्षर गरेका छन्।
- क्यानको आयोजनामा एनपीएलको तेस्रो संस्करण अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुँदैछ।
२ असोज, बुटवल । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ‘होम डेभलपमेन्ट बैंक पार्टनर’का रूपमा निरन्तरता दिएको छ ।
सम्बन्धित सम्झौतापत्रमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र लुम्बिनी लायन्सका टिम म्यानेजर लक्ष्मणदेव आचार्यले हस्ताक्षर गरेका छन् ।
आचार्यले शाइन रेसुंगा लुम्बिनी प्रदेशमा स्थापना भएको प्रदेशकै एक मात्र राष्ट्रियस्तरको विकास बैंक भएकाले साझेदार बनाइएको बताए । बैंकसँगको साझेदारीले खेलाडीमा लगानी गर्न सहज हुनुका साथै टोलीको हौसला बढेको उनको भनाइ छ ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पनेरुले क्रिकेटको विकास र खेलाडीको प्रोत्साहनका लागि प्रदेशको प्रतिनिधित्व गर्ने टोलीसँग सहकार्य गरिएको बताए ।
बैंकका चिफ ब्रान्ड अफिसर प्रभास राईले एनपीएलको दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्ससँगको साझेदारीले लुम्बिनी प्रदेशको ब्रान्डिङ तथा पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे ।
एनपीएलको दोस्रो संस्करणमा पनि शाइन रेसुंगा लुम्बिनी लायन्सको डेभलपमेन्ट बैंक पार्टनर रहेको थियो । तेस्रो संस्करणमा सोही साझेदारीलाई निरन्तरता दिइएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपीएलको तेस्रो संस्करण आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुँदैछ ।
प्रतिक्रिया 4