+
+
Shares

आहा ! क्या रमणीय इन्द्रसरोवर (तस्वीरहरू)

डाँडाका हरियाली चौरहरूमा चरिरहेका भेडा तथा बाख्राका बथानहरू, तिनीहरूलाई पछ्याउँदै हिँड्ने गोठालाहरूको साइनो र आत्मीय जीवनशैलीले यो क्षेत्रको मौलिकतालाई अझ प्रगाढ बनाएको छ ।

कमल प्रसाईं कमल प्रसाईं
२०८३ असोज १० गते ९:१३

१० असोज, काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा अवस्थित कुलेखानी जलाशय र यसको आसपासको क्षेत्र प्राकृतिक सौन्दर्य र ग्रामीण जीवनको जीवन्त संगम हो भन्दा पनि फरक पर्दैन ।

मानव निर्मित विशाल कुलेखानी ड्याम र यसको शान्त जलभण्डारले पहाडको खोँचलाई एउटा सुन्दर क्यानभास जस्तै सजाएको छ ।

ड्याम आसपासबाट हेर्दा देखिने हरियाली र नागबेली परेका डाँडाकाँडाको रमणीय दृश्यले यहाँ पुग्ने जोकोहीको मन पनि लोभ्याउँछ।

डाँडाका हरियाली चौरहरूमा चरिरहेका भेडा तथा बाख्राका बथानहरू, तिनीहरूलाई पछ्याउँदै हिँड्ने गोठालाहरूको साइनो र आत्मीय जीवनशैलीले यो क्षेत्रको मौलिकतालाई अझ प्रगाढ बनाएको छ ।

परम्परागत इँटा र माटोको जडानबाट बनेका घरका साथै आधुनिक भवनहरूको मिश्रण पनि यस क्षेत्रमा देख्न सकिन्छ, यसले गाउँलाई छुट्टै र विशिष्ट आकर्षण थपेको छ।

शान्त वातावरण, जलयात्रा (बोटिङ) को आनन्द र गाउँले परिवेशको यो सुन्दर संयोजनले यहाँ पुग्ने पर्यटकहरूलाई सधैं आकर्षित गरिरहन्छ।

      

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?