+
+
Shares

नाट्टाले ‘नेपाल बोलाउँदैछ’ र ‘नेपाल खुला छ’ अभियानका कार्यक्रम गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १० गते १५:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नाट्टाले विश्व पर्यटन दिवस २०२६ का अवसरमा शनिबार र आइतबार दुई दिने विशेष कार्यक्रम गर्ने भएको छ।
  • शनिबार बूढानीलकण्ठ–टोखा–चण्डेश्वरी क्षेत्रमा ‘नाट्टा स्वच्छ तथा हरियाली अभियान’अन्तर्गत सरसफाइ गरिनेछ।
  • आइतबार वसन्तपुर दरबार क्षेत्रबाट पाटन दरबार क्षेत्रसम्म ‘नेपाल बोलाउँदैछ–नाट्टा सम्पदा दौड’ आयोजना हुने छ।

१० असोज, काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले विश्व पर्यटन दिवस २०२६ को अवसरमा दुई दिने विशेष कार्यक्रम आयोजना गर्ने भएको  छ ।

शनिबार र आइतबार ‘नेपाल बोलाउँदैछ’ र ‘नेपाल खुला छ’ अभियानअन्तर्गत कार्यक्रम गर्न लागेको हो । अभियानमार्फत नेपाल सुरक्षित, सञ्चालनयोग्य र विदेशी पर्यटकका लागि खुला रहेको सन्देश प्रवाह गरिने नाट्टाले जनाएको छ ।

अभियानको पहिलो दिन शनिबार बिहान ८ बजे ‘नाट्टा स्वच्छ तथा हरियाली अभियान’ सञ्चालन हुनेछ । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज करिडोरअन्तर्गत बूढानीलकण्ठ–टोखा–चण्डेश्वरी क्षेत्रमा सरसफाइ गरिने नाट्टाका महासचिव राजकुमार देवकोटाले जानकारी दिए ।

दोस्रो दिन आइतबार बिहान ७ बजे ‘नेपाल बोलाउँदैछ–नाट्टा सम्पदा दौड’ आयोजना हुनेछ । काठमाडौंको वसन्तपुर दरबार क्षेत्रबाट सुरु हुने करिब ६ किलोमिटर दौड पाटन दरबार क्षेत्रमा पुगेर सम्पन्न हुनेछ ।

दौडमा पर्यटन व्यवसायी, पर्यटनसम्बद्ध संघसंस्था, युवा तथा सर्वसाधारणको सहभागिता रहने उनले बताए । अभियानले नेपालको सम्पदा, संस्कृति, वातावरण र पर्यटनलाई जोड्दै नेपाल पर्यटनका लागि खुला रहेको सन्देश दिने उनको भनाइ छ।

नाट्टाले दुवै कार्यक्रमलाई विश्व पर्यटन दिवसको सन्दर्भमा नेपालका सम्पदा, संस्कृति, वातावरण र पर्यटन व्यवसायबीचको सम्बन्धलाई थप सुदृढ गर्ने अवसरका रूपमा लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?