१० असोज, काठमाडौं । नेपाली कांग्रेस संखुवासभाले उम्मेदवारी मनोनयन दर्ता दस्तुर १५ औं महाधिवेशनको निर्वाचन निर्देशिकाविपरित तोकेको छ ।
जिल्ला निर्वाचन समितिले जारी प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा निर्वाचन निर्देशिकाविपरित उम्मेदवारी मनोनयन दस्तुर तोकेको हो ।
निर्वाचन अधिकृत कृष्णप्रसाद घिमिरेले जारी गरेको सूचनामा केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि २० हजार, ३५ वर्षमुनिका युवातर्फको महाधिवेशन प्रतिनिधिका लागि १० हजार र प्रदेश अधिवेशन प्रतिनिधिका लागि १० हजार मनोनयन शुल्क तोकिएको छ ।
तर, केन्द्रीय निर्वाचन समितिले तयार गरेको निर्वाचन निर्देशिकामा महाधिवेशन प्रतिनिधिका लागि मनोनयन शुल्क सात हजार तोकिएको थियो ।
जिल्ला निर्वाचन समितिले प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सभापतिका लागि २० हजार, उपसभापति र सचिवका लागि सात हजार, सहसचिवका लागि पाँच हजार र सदस्यका लागि तीन हजार रुपैयाँ मनोनयन शुल्क तोकेको छ ।
निर्वाच्न निर्देशिकामा भने प्रदेशसभा क्षेत्रीय कार्यसमिति सभापतिका लागि सात हजार, उपसभापति र सचिवका लागि चार हजार, सहसचिवका लागि तीन् हजार र सदस्यका लागि दुई हजार शुल्क निर्धारण गरिएको थियो ।
प्रतिक्रिया 4