+

११ वर्षका युकी कुरिहाराले जिते एसियन गेम्सको ईस्पोर्ट्समा स्वर्ण

२०८३ असोज  १० गते १६:२९ २०८३ असोज १० गते १६:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानका ११ वर्षीय युकी कुरिहाराले २०औं एसियन गेम्सअन्तर्गत ईस्पोर्ट्सको ‘पुयो पुयो च्याम्पियन्स’ मा स्वर्ण पदक जितेका छन् ।
  • कुरिहाराले फाइनलमा दक्षिण कोरियाका काङ दोङसिनलाई १०–२ ले र सेमिफाइनलमा थाइल्यान्डका तनाराक वोङकिटकुनलाई १०–१ ले हराए ।
  • कुरिहारा एसियन गेम्स इतिहासमा स्वर्ण जित्ने जापानका सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।

१० असोज, काठमाडौं । जापानका ११ वर्षीय युकी कुरिहाराले २०औं एसियन गेम्सअन्तर्गत ईस्पोर्ट्समा स्वर्ण पदक जित्दै इतिहास रचेका छन् । उनी एसियन गेम्स इतिहासमा स्वर्ण जित्ने जापानका सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।

आइची–नागोयामा शनिबार सम्पन्न ‘पुयो पुयो च्याम्पियन्स’ को फाइनलमा कुरिहाराले दक्षिण कोरियाका २४ वर्षीय काङ दोङसिनलाई १०–२ ले पराजित गर्दै स्वर्ण जितेका हुन् । सेमिफाइनलमा उनले थाइल्यान्डका २८ वर्षीय तनाराक वोङकिटकुनलाई १०–१ ले हराएका थिए ।

‘पुयो पुयो च्याम्पियन्स’ रंगीन ब्लक मिलाएर अंक जोड्ने लोकप्रिय पजल भिडियो गेम हो । कुरिहाराले प्राथमिक विद्यालयको पहिलो कक्षादेखि यो खेल खेल्न थालेका थिए र यसै वर्ष अप्रिलमा व्यावसायिक लाइसेन्स पनि प्राप्त गरेका थिए ।

एसियन गेम्समा सबैभन्दा कम उमेरका पदक विजेताको आधिकारिक अभिलेख उपलब्ध नभए पनि २०१८ मा १२ वर्षीया इन्डोनेसियाकी बुंगा न्यिमासले स्केटबोर्डिङमा कास्य जितेकी थिइन् भने २०२३ मा १३ वर्षीया चीनकी कुई छेनसीले स्वर्ण जितेकी थिइन् ।

२०औं एसियन गेम्स एसियन गेम्स ईस्पोर्ट्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय