+

विनोद दास मलेसिया क्रिकेट एसोसिएसनको सीओओ नियुक्त

२०८३ असोज  १० गते १६:०२ २०८३ असोज १० गते १६:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान विनोद दास मलेसिया क्रिकेट एसोसिएसनको चिफ अपरेटिङ अफिसर बनेका छन् ।
  • दासले सीओओ पदका लागि आवेदन दिई छनोट भएको खबर आएको र दुईपक्षीय हस्तान्तरण बाँकी रहेको बताए ।
  • क्यानका क्रिकेट अपरेसन म्यानेजर रहेका दासले सो पदबाट अलग्गिएको जानकारी क्यानलाई गराइसकेका छन् ।

१० असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्वकप्तान विनोद दास मलेसिया क्रिकेट एसोसिएसनको चिफ अपरेटिङ अफिसर (सीओओ) बनेका छन् ।

मलेसिया क्रिकेट संघले एक महिनाअघि खोलेको सीओओको आवेदनमा विनोद छनोट भएका हुन् । ‘छनोट भएको खबर आएको छ । दुईपक्षीय हस्ताक्षर गर्न बाँकी छ। त्यसको लागि अर्को हप्तातिर जान्छु होला’ विनोदले अनलाइन खबरसँग भने ।

विनोद यसअघि नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट अपरेसन म्यानेजरको रुपमा कार्यरत थिए । सो पदबाट अलग्गिएको जानकारी क्यानलाई गराइसकेको विनोदले बताए ।

राष्ट्रिय टिमका पूर्व कप्तान दासले सन् २००० को दशकमा यू-१९ देखि सिनियर टिमसम्मको कप्तानी गरेका थिए । यस्तै उनले प्रशिक्षकको रुपमा यू-१९ पुरुष टिम र महिला सिनियर टिमको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।

नेपाली क्रिकेटलाई दुई दशकदेखि नजिकबाट नियालेका दास क्यानको क्रिकेट म्यानेजरकै लागि उपयुक्त पात्र मानिँदै आएको थियो ।

मलेसिया क्रिकेट विनोद दास
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय