News Summary
Generated by OK AI. Editorially reviewed.- एसियन गेम्सको ब्याडमिन्टन महिला सिंगल्समा नेपालकी रशिला महर्जन चीनकी वाङ झी यीसँग २–० ले पराजित भइन्।
- पुरुष सिंगल्समा नेपालका क्षितिज खनाल इरानका निमा रोस्तामपोरलागाल्दानीसँग २–० ले पराजित भए।
- दुवै हारसँगै एसियन गेम्सको ब्याडमिन्टन सिंगल्समा नेपालको चुनौती समाप्त भएको छ।
१० असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत ब्याडमिन्टनको सिंगल्समा नेपालका रशिला महर्जन, रिहाना शेरचन र क्षितिज खनाल दोस्रो चरणबाट बाहिरिएका छन् ।
महिला सिंगल्समा रशिला चीनकी वाङ झी यीसँग २–० को सोझो सेटमा पराजित भइन् । विश्वस्तरकी बलियो प्रतिद्वन्द्वीविरुद्ध रशिलाले प्रतिस्पर्धा गरे पनि २१-४ र २१-२ ले पराजित हुँदै अर्को चरणमा पुग्न सकिनन् ।
यस्तै, रिहाना श्रीलंकाकी वेइहेना लियानागे रनिथ्मा थिनुडीसँग २–० ले पराजित भइन् । रिहानाले दुवै सेटमा ९–२१ र ६–२१ को हार बेहोरेकी हुन् ।
यस्तै, पुरुष सिंगल्समा क्षितिज इरानका निमा रोस्तामपोरलागाल्दानीसँग २१–१४ र २१–९ ले पराजित भए । इरानी खेलाडीले २–० को जित निकाल्दै अन्तिम १६ मा स्थान बनाए ।
यससँगै एसियन गेम्सको ब्याडमिन्टन सिंगल्समा नेपालको चुनौती समाप्त भएको छ ।
प्रतिक्रिया 4