+
२०औं एसियन गेम्स :

जोरा र लोकेशको अर्धशतकमा नेपालको बलियो योगफल

२०८३ असोज  १० गते ८:०६ २०८३ असोज १० गते ८:०६

जोरा ३२ बलमा ५७ तथा लोकेश २२ बलमा ५२ रनमा अविजित रहे । आसिफ शेखले २१ रन बनाए ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन्दीप जोरा र लोकेश बमको अर्धशतकमा नेपालले एसियन गेम्स पुरुष क्रिकेटमा जापानविरुद्ध १५ ओभरमा ४ विकेट गुमाएर १४९ रन बनायो ।
  • जोरा ३२ बलमा ५७ र लोकेश २२ बलमा ५२ रनमा अविजित रहे, आसिफ शेखले २१ रन बनाए ।
  • इनिङ सकिँदै गर्दा फेरि वर्षा सुरु भएकाले दोस्रो इनिङमा ओभर घट्ने वा खेल रद्द हुने सम्भावना छ ।

१० असोज, काठमाडौं । सन्दीप जोरा र लोकेश बमको अर्धशतक मद्दतमा नेपालले एसियन गेम्स पुरुष क्रिकेटअन्तर्गत जापानसँगको खेलमा बलियो योगफल बनाएको छ ।

वर्षाका कारण १५ ओभरमा झारिएको खेलमा नेपालले ४ विकेट गुमाएर १४९ रन बनाएको हो । जोरा ३२ बलमा ५७ तथा लोकेश २२ बलमा ५२ रनमा अविजित रहे । आसिफ शेखले २१ रन बनाए ।

जापानका लागि रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले समान एक/एक विकेट लिए ।

नेपालको इनिङ सकिने क्रममा त्यहाँ फेरि वर्षा सुरु भएको छ र पिचलाई कभरले ढाकिएको छ । दोस्रो इनिङमा वर्षा कायमै रहे ओभर घट्ने वा खेल रद्द हुने सम्भावना पनि रहेको छ ।

नेपालले यसअघि पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो ।

जापानलाई पराजित गरेमा वा खेल रद्द नै भएमा पनि नेपाल समूह विजेता बन्दै श्रीलंकासँग क्वाटरफाइनल खेल्नेछ ।

२०औं एसियन गेम्स एसियन गेम्स क्रिकेट एसियन गेम्स पुरुष क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय