+
२०औं एसियन गेम्स :

एसियन गेम्स क्रिकेटको क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग खेल्ने

२०८३ असोज  १० गते ८:४० २०८३ असोज १० गते ८:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०औं एसियन गेम्सको पुरुष क्रिकेट क्वाटरफाइनलमा समूह विजेता नेपालले श्रीलंकासँग मंगलबार बिहान पौने ६ बजे खेल्ने भएको छ।
  • जापानविरुद्धको समूह चरणको अन्तिम खेल वर्षाका कारण नतिजाविहीन भएपछि नेपालले दुई खेलबाट ३ अंक जोडेर अन्तिम आठमा स्थान बनायो।
  • नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले हराएको थियो, र यसअघि १९औं एसियन गेम्सको क्वाटरफाइनलमा भारतसँग पराजित भएको थियो।

१० असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग खेल्ने भएको छ ।

समूह ‘ए’ को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको नेपालले श्रीलंकासँग खेल्ने भएको हो ।

शुक्रबार जापानसँगको समूह चरणको अन्तिम खेल वर्षाका कारण नतिजाविहीन भएपछि दुवै टोलीले १–१ अंक बाँडे । त्यससँगै नेपालले दुई खेलबाट ३ अंक जोड्दै समूह विजेताको रूपमा अन्तिम आठमा स्थान बनायो ।

नेपालले अब क्वाटरफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । समूह उपविजेता अफगानिस्तानले भने भारतको सामना गर्नेछ ।

यसअघि नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै क्वाटरफाइनल नजिक पुगेको थियो ।

नेपाल र श्रीलंकाबीचको क्वाटरफाइनल खेल मंगलबार बिहान पौने ६ बजेदेखि सुरु हुनेछ ।

नेपालले १९औं एसियन गेम्सको क्वाटरफाइनलमा भारतसँग खेलेको थियो जहाँ पराजित भएको थियो ।

२०औं एसियन गेम्स एसियन गेम्स क्रिकेट एसियन गेम्स पुरुष क्रिकेट नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय