+

प्रिमियर लिगका क्लबहरू म्यान्चेस्टर सिटीविरुद्ध क्षतिपूर्ति दाबीको तयारीमा

२०८३ असोज  १० गते १४:२७ २०८३ असोज १० गते १४:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्यान्चेस्टर सिटीमाथिका ११५ आर्थिक आरोपमध्ये अधिकांशलाई स्वतन्त्र प्यानलले सदर गरेपछि अन्य प्रिमियर लिग क्लबहरूले क्षतिपूर्तिको दाबीबारे कानुनी परामर्श लिन थालेका छन्।
  • सजायका रूपमा अंक कटौती, प्रिमियर लिगबाट निष्कासन वा ठूलो आर्थिक जरिवाना हुन सक्ने चर्चा छ, तर छुट्टै सुनुवाइपछि मात्र अन्तिम फैसला आउनेछ।
  • म्यान्चेस्टर सिटीले प्रिमियर लिगको प्रक्रिया गोपनीय र जारी रहेको भन्दै सन् २०२३ मा सार्वजनिक गरेको धारणा यथावत् रहेको जनाएको छ।

१० असोज, काठमाडौं । प्रिमियर लिगका अधिकांश आर्थिक आरोपमा म्यान्चेस्टर सिटी दोषी ठहरिएपछि अन्य क्लबहरूले क्षतिपूर्तिको दाबी गर्ने सम्भावनाबारे कानुनी परामर्श लिन थालेका छन् । बीबीसी स्पोर्टका अनुसार स्वतन्त्र प्यानलले निर्णय गरिसकेको भए पनि सिटीमाथि लाग्ने सजाय भने अझै तय भएको छैन ।

बीबीसीका अनुसार सिटीविरुद्ध लगाइएका ११५ आर्थिक आरोपमध्ये अधिकांशलाई प्यानलले सदर गरेको छ । द एथलेटिकले ११५ मध्ये ११४ आरोप कायम रहेको जनाएको छ । तर प्रिमियर लिगले अहिलेसम्म आधिकारिक घोषणा गरेको छैन ।

सजायका रूपमा अंक कटौती, प्रिमियर लिगबाट निष्कासन वा ठूलो आर्थिक जरिवाना हुन सक्ने चर्चा छ । यद्यपी यीमध्ये कुन सजाय लाग्ने भन्ने निर्णयका लागि छुट्टै सुनुवाइ हुने भएकाले अन्तिम फैसला आउन अझ केही महिना लाग्न सक्छ ।

बीबीसीका अनुसार केही प्रिमियर लिग क्लबहरूले सिटीका आर्थिक नियम उल्लंघनबाट आफूहरू प्रभावित भएको दाबी गर्दै क्षतिपूर्तिको आधारबारे कानुनी राय लिन सुरु गरेका छन् ।

एक पूर्व वरिष्ठ क्लब अधिकारीले विभिन्न क्लबले व्यक्तिगत रूपमा क्षतिपूर्ति दाबी गर्ने अपेक्षा व्यक्त गरेका छन् भने अर्का एक कानुनविद्ले प्रिमियर लिगले सामूहिक रूपमा पनि प्रक्रिया सञ्चालन गर्न सक्ने बताएका छन् ।

यसअघि नाफा तथा दिगोपन नियम (पीएसआर) उल्लंघन गरेको मुद्दामा एभर्टनले बर्नलीलाई ३५ मिलियन पाउन्ड क्षतिपूर्ति तिर्न आदेश दिइएको उदाहरण पनि यस बहससँग जोडिएको छ ।

म्यान्चेस्टर सिटीले दोषी ठहर भएको विषयमा प्रत्यक्ष प्रतिक्रिया नदिइिन प्रिमियर लिगको प्रक्रिया अझै गोपनीय र जारी रहेको जनाएको छ । क्लबले सन् २०२३ मा सार्वजनिक गरेको आफ्नो धारणा यथावत् रहेको दोहोर्‍याएक छ ।

बीबीसीका अनुसार यदि अन्तिम निर्णय क्लबविरुद्ध आएमा म्यानचेस्टर सिटीले त्यसविरुद्ध अपिल गर्ने तयारी गरिरहेको छ । अपिल प्रक्रियाले यो मुद्दाको अन्तिम टुंगो लाग्न अझ समय लाग्न सक्ने देखिएको छ ।

-बीबीसीबाट

इंग्लिस प्रिमियर लिग म्यान्चेस्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय