+
२०औं एसियन गेम्स :

स्केटबोर्डिङमा नेपालका सरद र गजेन्द्र पहिलो चरणबाटै बाहिरिए

२०८३ असोज  १० गते १४:२८ २०८३ असोज १० गते १४:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०औं एसियन गेम्सको पुरुष स्केटबोर्डिङमा नेपालका सरद राई र गजेन्द्र बर्देवा पहिलो चरणबाटै बाहिरिए ।
  • हीट चरणपछि सरद ५९.८४ अंकसहित १३औं र गजेन्द्र ५२.८४ अंकसहित १४औं स्थानमा रहे ।
  • शीर्ष ८ खेलाडी मात्र अर्को चरणमा प्रवेश गर्ने प्रावधान थियो, र दुवै नेपालीको रन स्कोर कमजोर रह्यो ।

१० असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत पुरुष स्केटबोर्डिङमा नेपालका सरद राई र गजेन्द्र बर्देवा पहिलो चरणबाटै बाहिरिएका छन् ।

हीट चरणपछि सरद ५९.८४ अंकसहित १३औं तथा गजेन्द्र ५२.८४ अंकसहित १४औं स्थानमा रहे । शीर्ष ८ खेलाडी मात्र अर्को चरणमा प्रवेश गर्ने प्रावधान थियो ।

दुवै नेपाली खेलाडीले ट्रिकतर्फ राम्रो प्रदर्शन गरे पनि रनमा अपेक्षित अंक जोड्न नसक्दा समग्र स्कोर प्रभावित भयो । सरदले ट्रिकमा ४५.१३ र १४.७१ अंक जोड्दा गजेन्द्रले ४३.१८ र ९.६६ अंक प्राप्त गरेका थिए ।

जापानका तोआ सासाकी १५९.१३ अंकसहित पहिलो, जापानकै गिनवु ओनोडेरा दोस्रो तथा दक्षिण कोरियाका जुनी काङ तेस्रो स्थानमा रहँदै अर्को चरणमा प्रवेश गरे ।

२०औं एसियन गेम्स एसियन गेम्स स्केटबोर्डिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय