+
+
Shares

१८४ जना पर्यटकको उद्धार, ४२० जना अझै सम्पर्कविहीन

१० भदौमा आएको बाढीका कारण रसुवागढी नाका हुँदै कैलाश मानसरोवर यात्रामा जाने धेरै पर्यटक सम्पर्कविहीन भएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १३ गते १४:२९

१३ भदौ, काठमाडौं । बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका र सम्पर्कमा आएका पर्यटकको संख्या १८७ पुगेको छ । नेपाल पर्यटन बोर्डले पछिल्लो तथ्यांक सार्वजनिक गर्दै त्यसबारे जानकारी दिएको हो ।

बोर्डका अनुसार १८४ पर्यटकको उद्धार भएको र ३ जना सम्पर्कमा आएका छन् । अझै ४२० पर्यटक सम्पर्कबाहिर छन् ।

१० भदौमा आएको बाढीका कारण रसुवागढी नाका हुँदै कैलाश मानसरोवर यात्रामा जाने धेरै पर्यटक सम्पर्कविहीन भएका थिए ।

बोर्डका अनुसार उद्धार गरिएकामा सबैभन्दा धेरै भारतीय ११४ जना छन् ।

यस्तै, दक्षिण कोरियाली २० जना, चीनका २७ जना, जर्मनी र माल्टाका ४/४ र अमेरिकी, इटालीका ३–३ जना छन् ।

बोर्डले पछिल्लो अवस्थाबारे जानकारी गराउँदै बाढी प्रभावित जिल्लाका केही खण्डबाहेक अन्य सडक सूचारू भएको समेत उल्लेख गरेको छ । यद्यपि यात्रामा जानुअगाडि मौसमबारे जानकारी लिनसमेत बोर्डले पर्यटकलाई सूचित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?