+
+
Shares

१२ कात्तिकदेखि ३ दिन पदयात्रा अनुमति नदिइने

अध्यागमनले जारी गरेको सूचना अनुसार १२ देखि १४ कात्तिकसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा  हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम भएको पूर्वानुमान छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते १८:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अध्यागमन विभागले १२ कात्तिकदेखि १४ कात्तिकसम्म जोखिमयुक्त क्षेत्रमा पदयात्रा अनुमति नदिने भएको छ ।
  • विभागका अनुसार उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम पूर्वानुमान गरिएको छ ।
  • सोही क्षेत्रका पदयात्री र विदेशी पर्यटकलाई सुरक्षित रहन र निषेधित क्षेत्रमा पदयात्रा नगर्न विभागले अनुरोध गरेको छ ।

१० कात्तिक, काठमाडौं । अध्यागमन विभागले १२ कात्तिकदेखि तीन दिन जोखिमयुक्त क्षेत्रमा पदयात्रा अनुमति नदिने भएको छ ।

अध्यागमनले जारी गरेको सूचना अनुसार १२ देखि १४ कात्तिकसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा  हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम भएको पूर्वानुमान छ ।

सोहीकारण उक्त क्षेत्रमा जाने पदयात्री र विदेशी पर्यटकलाई सुरक्षित रहन र त्यस अवधिका लागि निषेधित क्षेत्रमा पदयात्रा नगर्न नगराउन विभागले अनुरोध गरेको छ ।

त्यस्तै यस अवधिमा जोखिमयुक्त क्षेत्रमा पदयात्रा अनुमति समेत प्रदान गरिने छैन । यस्तो अनुमति दिने काम आजदेखि नै बन्द गरिएको छ । सोही भेगमा पदयात्रामा गइसकेको भए सुरक्षित स्थानमा रहन समेत सूचित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?