+
+
Shares

हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

कर्मचारीबाट स्वेच्छिक संकलन गरिएको कुल १४ लाख ७० हजार ६ सय ६६ रुपैयाँमध्ये १३ लाख राहत कोषमा प्रदान गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते १८:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालयन एयरलाइन्सका कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ लाख रुपैयाँ प्रदान गरेका छन्।
  • कर्मचारीबाट स्वेच्छिक संकलन गरिएको १४ लाख ७० हजार ६ सय ६६ रुपैयाँमध्ये बाँकी रकम बाढीबाट प्रभावित आफ्ना कर्मचारीका परिवारलाई दिइएको कम्पनीले जनाएको छ।
  • कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले पर्यटनमन्त्री खड्कराज पौडेललाई रकम बराबरको चेक हस्तान्तरण गरे।

१ असोज, काठमाडौं । हिमालयन एयरलाइन्सका कर्मचारीले  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ लाख रुपैयाँ प्रदान गरेका छन् ।

कर्मचारीबाट स्वेच्छिक संकलन गरिएको कुल १४ लाख ७० हजार ६ सय ६६ रुपैयाँमध्ये १३ लाख राहत कोषमा प्रदान गरिएको हो । बाँकी रकम भने बाढीबाट प्रभावित हिमालय एयरलाइन्सका कर्मचारीको परिवारलाई प्रदान गरिएको कम्पनीले जनाएको छ ।

यसबाहेक कर्मचारीले विपद् प्रभावित नागरिकका लागि लुगासमेत संकलन गरेका थिए । कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले पर्यटनमन्त्री खड्कराज पौडेललाई उक्त रकम बराबर चेक हस्तान्तरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?