News Summary
Generated by OK AI. Editorially reviewed.- अग्रवाल सेवा केन्द्रले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४१ लाख रुपैयाँ सहयोग गरेको छ।
- केन्द्रका अध्यक्ष गिरधारी अग्रवालले सदस्यहरूको तर्फबाट उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे।
- युवा मञ्चले थप १० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गर्ने जानकारी अर्थमन्त्रीलाई गराइएको छ।
२५ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि अग्रवाल सेवा केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४१ लाख रुपैयाँ सहयोग गरेको छ।
अग्रवाल सेवा केन्द्रका अध्यक्ष गिरधारी अग्रवालले सदस्यहरूको तर्फबाट उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा ‘युवा मञ्च’ को तर्फबाट वितरण गरिने थप १० लाख रुपैयाँ बराबरको राहत सामग्रीका विषयमा समेत अर्थमन्त्री वाग्लेलाई जानकारी गराइएको थियो।
विपद्का कारण प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले अग्रवाल सेवा केन्द्र र युवा मञ्चले राहत सहयोग अघि बढाएका हुन् ।
भोटेकोशीका आएको विनाशकारी बाढीबाट ठूलो धनजनको क्षति पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4