+
+
Shares

सोप्याङखोलामा पहिरो खसेपछि त्रिभुवन राजपथ अवरुद्ध

गएराति ९ बजे धादिङको थाक्रे गाउँपालिका-७ सोप्याङखोलामा पहिरो खसेका कारण काठमाडौं-हेटौंडा जाने त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध बनेको धादिङ प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते ७:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धादिङको थाक्रे गाउँपालिका-७ सोप्याङखोलामा पहिरो खस्दा काठमाडौं-हेटौंडा जोड्ने त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध भएको छ।
  • निरन्तर झरीका कारण पहिरो पन्छाउन समस्या भएपछि बिहीबार बिहानदेखि ४ वटा उपकरण प्रयोग गरेर सडक खुलाउने काम भइरहेको छ।
  • कृष्णभिरमा बाढीले सडक भासिएपछि पृथ्वीराजमार्ग अवरुद्ध हुँदा काठमाडौं आवतजावत गर्ने सवारीसाधन वैकल्पिक रुटमा गएका छन्।

२५ भदौ, काठमाडौं । पहिरोका कारण त्रिभुवन राजपथ अवरुद्ध बनेको छ ।

गएराति ९ बजे धादिङको थाक्रे गाउँपालिका-७ सोप्याङखोलामा पहिरो खसेका कारण काठमाडौं-हेटौंडा जाने त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध बनेको धादिङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पहिरो निरन्तर झरी रहेका कारण पन्छाउन समस्या भएको छ ।

बिहीबार बिहानैदेखि ४ वटा उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।

कृष्णभिरमा बाढीका कारण सडक भासिएपछि पृथ्वीराजमार्ग अवरुद्ध छ ।

पृथ्वीराजमार्ग बन्द भएपछि काठमाडौं भित्रिने-बाहिरिने सवारीसाधनहरूले हेटौंडा-काठमाडौं जोड्ने वैकल्पिक राजमार्गहरू प्रयोग गर्दै आइरहेका छन् ।

जसका कारण हेटौंडा-काठमाडौंका तीन रुटमा सवारीसाधनहरूको ठूलो चाप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?