News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको बाढीबाट प्रभावित नागरिकको तत्काल राहत र पुनर्स्थापनाका लागि रेड बुलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ सहयोग गरेको छ ।
- सरस बेभरेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गरे ।
- कम्पनीले बाढीका कारण भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति सहानुभूति जनाएको छ ।
११ भदौ, काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकको तत्काल राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले रेड बुलले २ करोड रुपैयाँ सहयोग गरेको छ ।
रेडबुलले बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड सहयोग हस्तान्तरण गरेको हो ।
रेडबुलको उत्पादक सरस बेभरेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गरे ।
बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति कम्पनीले दु:ख व्यक्त गरेको छ । साथै, प्रभावित परिवारप्रति सहानुभूति पनि व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4