News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ९ वटा खातामा ८ अर्ब ७६ करोड ६९ लाख र दुई डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर मौज्दात छ ।
- डलरलाई १५०.८८ का दरले रूपान्तरण गर्दा कोषको कुल मौज्दात ११ अर्ब ९५ करोड १७ लाख पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।
- रसुवा–भोटेकोशी बाढीपछिको कुल सङ्कलन ७ अर्ब ६८ करोड ४४ लाख रुपैयाँ र २ करोड ५ लाख २२ हजार ४२३ अमेरिकी डलर पुगेको छ ।
२३ भदौ, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा मौज्दात रकम १२ अर्ब रुपैयाँ हाराहारी देखिएको छ ।
अर्थ मन्त्रालयका अनुसार ९ वटा खातामा ८ अर्ब ७६ करोड ६९ लाख र २ वटा डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर मौज्दात छ । डलरलाई १५०.८८ का दरले रूपान्तरण गर्दा कोषमा उपलब्ध कुल मौज्दात ११ अर्ब ९५ करोड १७ लाख पुगेको छ ।
रसुवा–भोटेकोशी बाढीपछिको कुल सङ्कलन ७ अर्ब ६८ करोड ४४ लाख रुपैयाँ र २ करोड ५ लाख २२ हजार ४२३ अमेरिकी डलर पुगेको छ । जुन विपद् अघिको २ अर्ब ८ करोड २४ लाख मौज्दातबाहेकको रकम हो ।
भदौ २३ गते एकै दिन ३० करोड ६२ लाख र १ लाख १२ हजार ३२ अमेरिकी डलर प्राप्त भएको छ । राहत तथा उद्धार कार्यका लागि भदौ १६ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ अर्ब हस्तान्तरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4