News Summary
Generated by OK AI. Editorially reviewed.- सेप्टेम्बर १२ र १३ मा नयाँ दिल्लीमा हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा सी चिनपिङ सहभागी हुने–नहुनेबारे चीनले अझै स्पष्ट जवाफ दिएको छैन।
- विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले चीनले ब्रिक्स सहयोगलाई निकै महत्त्व दिने र सम्मेलन सफल बनाउन भारतलाई समर्थन गर्ने बताइन्।
- माओ निङले चीनका तर्फबाट सम्मेलनमा को सहभागी हुन्छ भन्ने प्रश्नमा, "तपाईंको यो प्रश्नका बारेमा अहिले मसँग साझा गर्नका लागि कुनै जानकारी छैन।" भनिन्।
२३ भदौ, काठमाडौं । सेप्टेम्बर १२ र १३ मा नयाँ दिल्लीमा हुने १८ औँ ब्रिक्स शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनपिङ सहभागी हुने वा नहुने विषयमा अझै स्थिति स्पष्ट भएको छैन। चीनले मंगलबार सी चिनपिङको सहभागिताको सम्भावनाबारे कुनै स्पष्ट जवाफ दिएको छैन।
चीनको सरकारी मिडिया ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले चीनले ब्रिक्स सहयोगलाई निकै महत्त्व दिने बताएकी छिन्। उनले यस वर्ष ब्रिक्स नेताहरूको शिखर सम्मेलनको सफल आयोजनाका लागि भारतलाई समर्थन गर्ने जनाएकी छिन्।
नयाँ दिल्लीमा हुने ब्रिक्स सम्मेलनमा चीनका तर्फबाट को सहभागी हुने र सम्मेलनबारे चीनको के अपेक्षा छ भनेर माओ निङलाई प्रश्न सोधिएको थियो।
सो प्रश्नको उत्तरमा उनले भनिन्, “तपाईंको यो प्रश्नका बारेमा अहिले मसँग साझा गर्नका लागि कुनै जानकारी छैन।”
सी चिनपिङको भारत भ्रमणबारे अड्कलबाजी भइरहेका बेला माओ निङको यो भनाइ आएको हो। १८ औँ ब्रिक्स शिखर सम्मेलनमा आफ्नो प्रतिनिधित्व कसले गर्नेछ भन्ने कुरा चीनले अहिलेसम्म स्पष्ट पारेको छैन।
प्रतिक्रिया 4