News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री सुधन गुरुङले एक रुपैयाँ भ्रष्टाचार गरेको थाहा पाए नेपाली जनताको तर्फबाट लड्ने बताउनुभयो ।
- मंगलबार जेनजी शहीदहरूको स्मृतिमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले आफूलाई दिइएको कुर्सी जिम्मेवारी भएको बताउनुभयो ।
- उहाँले ‘एक रुपैयाँ कसैले भ्रष्टाचार गरेको थाहा भयो भने गृहमन्त्री तीन करोड नेपाली जनताको तर्फबाट लड्नेवाला छ ।’ भन्नुभयो ।
२३ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको थाहा पाए आफू नेपाली जनताको तर्फबाट लड्ने बताएका छन् ।
मंगलबार जेनजी शहीदहरूको स्मृतिमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘त्यो परिवर्तन जसको लागि हामी लडेका थियौं, त्यो कुर्सी जुन मलाई दिइएको छ त्यो जिम्मेवारी हो । त्यो परिवर्तन जसको लागि हामी लडेका थियौं,’ गुरुङले भने, ‘त्यो कुर्सीमा तपाईं नै छु भनेर सोच्नुपर्यो ।’
उनले थप भनेका छन्, ‘इमानदारीका साथ छाती चौंडा बनाएर, शीर उच्च बनाएर म भन्न सक्छु, एक रुपैयाँ कसैले भ्रष्टाचार गरेको थाहा भयो भने गृहमन्त्री तीन करोड नेपाली जनताको तर्फबाट लड्नेवाला छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4