+
+
Shares

५ बजे घर जान हतार गर्दैनौं, जनताका कामले थाकेपछि मात्रै सुत्छौं : गृहमन्त्री

मंगलबार काठमाडौंमा आयोजित जेनजी शहीदहरूको सम्झनामा आयोजित स्मृति सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते १५:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङले नागरिकलाई दु:ख नहोस् भन्नका लागि आफू नेतृत्वको सरकारले निरन्तर काम गरिरहेको बताएका छन्।
  • काठमाडौंमा जेनजी शहीदहरूको सम्झनामा आयोजित स्मृति सभामा उनले चिल्ला भाषण गर्ने संस्कार बदल्न सरकारमा आएको बताए।
  • उनले काम गर्ने नेताहरू चुनेको भन्दै हतार नभएको र थाक्दा मात्रै सुत्ने बताएका छन्।

२३ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नागरिकलाई दु:ख नहोस् भन्नका लागि आफू नेतृत्वको सरकारले निरन्तर काम गरिरहेको जिकिर गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित जेनजी शहीदहरूको सम्झनामा आयोजित स्मृति सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

यसअघि धेरै नेताहरूले चिल्ला भाषण गरेको र आफूहरू त्यही संस्कार परिवर्तन गर्नका लागि सरकारमा आएको बताए ।

‘कत्रा कत्रा नेताहरूले जमानादेखि भाषण गरेका हुन् । जमानादेखि चिल्लाचिल्ला भाषण हामीले देखिसकेको हो । हाम्रो आमाबुवाले भोगिसकेको पनि हो,’ गृहमन्त्री गुरुङले भने, ‘हामीले त्यसको रिजल्ट हामीले भोग्नुपरेको थियो । अहिले काम गर्ने नेताहरू चुन्नुभएको छ ।’

उनले थप स्पष्ट पार्दै भने, ‘हामीलाई ५ बजे कतिबेला घर जानुपर्छ भनेर हतार छैन । आज हामीले कति जना नागरिकलाई दु:ख नहुन दिनका लागि काम गर्‍यौं भनेर मात्रै हामी काम गर्छौं । त्यो घडी मात्रै हामी हेर्छौं । जब थाक्छौं तबमात्रै सुत्छौं । घडीको टिकटिकबाट हामी सुत्नेवाला छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?