+
+
Shares

देशमा अब अर्को गोली चलाउने हिम्मत कसैले गर्न सक्दैन : गृहमन्त्री गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते १५:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा जेनजी शहीदहरूको स्मृतिमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले रवि लामिछानेले गरेको विश्वास निरन्तर जगाइराख्ने बताए ।
  • उनले जेनजीको आशा मर्न नदिनु र कुर्सीमा बसेर सुशासन देखाइदिनु भन्ने लामिछानेको भनाइ उद्धृत गरे ।
  • गुरुङले गोली चलेमात्रै आफू ढल्ने र देशमा अहिले गोली चलाउने हिम्मत कसैले गर्न नसक्ने जिकिर गरे ।

२३ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेले आफूमाथि गरेको विश्वासलाई निरन्तर जगाइराख्ने बताएका छन् ।

जेनजी शहीदहरूको स्मृतिमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘पार्टी सभापति रवि लामिछानेले विश्वास गरेर जेनजीको आशालाई मर्न दिन हुँदैन, तिमी त्यो कुर्सीमा बसेर देखाइदेऊ– सुशासन के हुन्छ भनेर । जरी त्यो विश्वासलाई निरन्तर जगाइराख्न चाहन्छु,’ गृहमन्त्री गुरुङले भने ।

उनले आफू मन्त्री, दाइ, भाइ, छोरा रहेको बताउँदै गोली चलेमात्रै आफू ढल्ने र देशमा अहिले गोली चलाउने हिम्मत कसैले गर्न नसक्ने जिकिर गरे ।

‘तपाईंको यो मन्त्री, दाई भाई छोरा एउटै कुराले ढल्छ । त्यो भनेको अर्को गोली चल्नुपर्छ । अर्को गोली चल्नका लागि यो देशमा कसैले हिम्मत गर्न सक्दैन । म तपाईंहरूलाई विश्वास गराउन चाहन्छु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?