+
+
Shares

जेनजी शहीदहरूको बलिदान खेर जान दिँदैनौं : सांसद सुनार

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते १५:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद खगेन्द्र सुनारले जेनजी आन्दोलनका शहीदहरूको बलिदान खेर जान नदिने प्रतिबद्धता जनाएका छन् ।
  • सुशासनका पक्षमा ज्यान गुमाएका शहीदको योगदानले नयाँ सुशासनको वृक्ष उम्रिएको भन्दै उनले शहीद परिवारलाई धन्यवाद दिए ।
  • सुनारले वर्तमान सरकार भ्रष्टाचारविरुद्ध कठोर भएर लाग्ने दाबी गर्दै प्रमाणित भए पूर्व वा बहालवाला पदाधिकारीमाथि कारबाही हुने बताए ।

२३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेनजी आन्दोलनका शहीदहरूको बलिदान खेर जान नदिने प्रतिबद्धता जनाएका छन् ।

जेनजी शहीद दिवसका अवसरमा जेनजी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले सुशासनको पक्षमा आवाज उठाउँदा ज्यान गुमाएका शहीदहरूको बलिदान खेर जान नदिने बताएका हुन् ।

‘आमा, तिमीलाई लागेको होला मेरो गर्भबाट जन्मेको छोरो मर्‍यो, म एक्लो परेँ । होइन आमा, तिम्रो छोरो मरेको होइन । तिम्रो छोरो यो समाजमा, यो देशमा एउटा बिउ बनेर रोपिएको छ । तिम्रो छोरो मर्‍यो, नयाँ सुशासनको वृक्ष उम्रिएको छ । तिम्रो छोरो बिउ बनेर रोपिएपछि नयाँ सुशासनका वृक्षहरू उम्रिएको हो,’ सांसद सुनारले भनेका छन्, ‘…तिम्रो गर्भबाट यो देशलाई एउटा उज्यालो किरण छर्ने छोरो जन्मेको छ । स्याबास् आमा ! धन्यवाद आमा जसले शहीद जन्माउनु भयो । तिम्रो छोरो ढल्यो, यो देश उठ्यो । तिम्रो छोरोले गोली खायो र यो देशले सिटामोलको गोली खान पाएको हो । तिम्रो छोरो ढलेको कारण यो देशले सिटामोलको गोली खान पाएको हो । कतै कतै कसैले खिन्न मन गर्नु पर्दैन, कतै कसैले कमजोर मन गर्नु पर्दैन ।’

वर्तमान सरकार भ्रष्टाचारविरुद्ध कठोर भएर लाग्ने उनको दाबी थियो । पूर्व वा बहालवाला जुनसुकै पदाधिकारी भएपनि भ्रष्टाचार गरेको प्रमाणित भएमा कारबाही हुने उनको भनाइ छ ।

शहीदका परिवार, घाइते तथा आन्दोलनका माग पूरा गर्न सरकारलाई आग्रह पनि उनले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?