+
+
Shares

मेरो आईजीपी र प्रहरीसँग व्यक्तिगत विवाद छैन : खगेन्द्र सुनार

सांसद सुनारले भने, ‘त्यो छलफलमा सम्बन्धित मान्छेलाई बोलाउने हो र कुराकानी हुने हो । मेरो फलानोसँग कुनै व्यक्तिगत झगडा, घरको झगडा कुलोको र खेतको झगडा होइन यो ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते १८:३२

५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले प्रहरी संगठन वा प्रहरी प्रमुखसँग आफ्नो कुनै व्यक्तिगत विवाद नरहेको बताएका छन् । शुक्रबार रास्वपा कार्यालय वनस्थलीमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद सुनारले यस्तो बताएका हुन् ।

‘मेरो आईजीपीसँग कुनै पनि विवाद छैन, प्रहरीसँग कुनै पनि विवाद छैन,’ सो क्रममा सांसद सुनारले भने ।

तर, सञ्चारमाध्यममा मात्रै आफ्नो र आईजीपी दानबहादुर कार्कीको विवाद भनेर चर्चा भएको उनले दाबी गरे ।

‘हाम्रो के भएको हो भने, स‌ंसदीय समितिमा उजुरी आउँछ, उजुरीमाथि छलफल हुन्छ,’ सांसद सुनारले भने, ‘त्यो छलफलमा सम्बन्धित मान्छेलाई बोलाउने हो र कुराकानी हुने हो । मेरो फलानोसँग कुनै व्यक्तिगत झगडा, घरको झगडा कुलोको र खेतको झगडा होइन यो ।’

त्यसमा उजुरी आएपछि भएको छलफल मात्रै रहेको सांसद सुनारले दाबी गरे ।

उनले रास्वपाको जन्म नै अराजकता र बेथितिको अन्त्य गर्दै सुशासन र भ्रष्टाचारविरुद्ध लड्नका लागि भएको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?