+
+
Shares

खगेन्द्र सुनारको अभिव्यक्तिप्रति गृहमन्त्रीको आपत्ति : उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन

गृहमन्त्री सुधन गुरुङले भने- अस्ति म त्यो समितिमा थिइनँ । मेरो गैरउपस्थितीमा जसरी सचिवज्यू,सहसचिवज्यूहरू, प्रहरी प्रमुखलाई जुन व्यवहार प्रस्तुत गर्नुभयो, त्यसमा गृहमन्त्रीको ध्यानाकर्षण भएको छ, । दिस इज नट राइट, दिस इज नट गुड ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १४:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङले सार्वजनिक लेखा समितिमा प्रहरी प्रमुख र कर्मचारीमाथि गरिएको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्।
  • मन्त्री गुरुङले भने-जसरी हाम्रो गैरउपस्थितिमा प्रहरी प्रमुखलाई जुन व्यवहार समितिमा प्रस्तुत गर्नुभयो, त्यसमा गृहमन्त्रीको ध्यानाकर्षण भएको छ।
  • उनले कुनै पनि उजुरीका आधारमा पुष्टि नभईकनै कसैलाई दोषी करार गर्दै चरित्र हत्या गर्नु गलत भएको बताए।

२९ साउन, काठमाडौं । प्रहरीको पोसाक र अन्य सामग्री खरिदको विषयमा परेको उजुरीलाई नैतिकतासँग जोडेर रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरी प्रमुख लगायतमाथी प्रश्न गर्दै आएका छन् ।

गत बुधबार सार्वजनिक लेखा समितिको बैठकमा यो विषयमा छलफल थियो । सांसद सुनारले यो विषय चर्को गरि उठाएका थिए ।

उक्त बैठकमा गृहमन्त्री सुधन गुरुङ अनुपस्थित थिए । शुक्रबार कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा उपस्थित भएर सार्वजनिक लेखा समितिको बैठकमा भएको व्यवहारप्रति असन्तुष्टि जनाए ।

‘अस्ति म त्यो समितिमा नभएको हिसाबले आज यो समितिमा एउटा सानो भन्ने मौका पाएको छु। जसरी हाम्रो मेरो गैरउपस्थितिमा जसरी हाम्रो सचिवज्यू र हाम्रो सहसचिवज्यूहरू, प्रहरी प्रमुखलाई जसरी जुन व्यवहार एउटा समितिमा प्रस्तुत गर्नुभयो, त्यसमा चाहिँ गृहमन्त्रीको ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘दिस इज नट राइट, दिस इज नट गुड।’

उजुरीकै भरमा दोषी करार गर्न नमिल्ने उनको आग्रह छ ।

‘कसैलाई एउटा भनौं न, उजुरीको भरमा हामी न्यायाधीश बन्न चाहिँ मिल्दैन। आरोप हो जो कसैले नि लगाउन सक्यो । त्यसको आधारमा कसैको चरित्र हत्या गर्न पाइँदैन,’ मन्त्री गुरुङले सांसद सुनारलक्षित गर्दै, ‘इट इज नट गुड। अनि हाम्रो गृह मन्त्रालयकै ध्यानाकर्षण भएको छ यसमा चाहिँ। वि आर नट ह्याप्पी अबाउट इट।’

उनले गृह प्रशासनअन्तर्गत रहेकाहरूले सरकारको स्पिरिट अनुसार काम  गरिरहेको बताए ।

‘मन्त्रालयका साथीहरू पनि यहीँ भएको हिसाबले चाहिँ मैले कुरा गर्न चाहेँ। हाम्रा कर्मचारीहरूले जसरी काम गर्नुभएको छ, मिहिनेत गर्नुभएको छ, म प्रत्यक्षदर्शी छु। जसरी आईजी साबहरू काम गर्नुभएको छ, म प्रत्यक्षदर्शी छु। उहाँहरू हाम्रो स्पिरिटमा स्पेशल्ली, यो सरकारको स्पिरिटमा काम गर्नलाई उहाँहरू दिनरात खट्नुभएको छ, यसमा दुई मत छैन’, मन्त्री गुरुङले भनेका छ, ‘आरोप लगाउन जोसुकैले नि सक्यो, तर त्यो पुष्टि नभएसम्म चाहिँ कसैलाई चाहिँ दोषी करार गरेर चाहिँ एउटा समिति मार्फत त्यस्तो गर्नु राम्रो होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?