उठदैछ आकाशमा ज्वाला ।
भट्टीहरूमा चल्दैछ रक्सीका प्याला ।
जल्दैछ चारैतिर मानव र बस्ती ।
आफैंले लगाएको आगोमा जल्दैछ ।
मानव मर्न तयार छन् ।
तर हार मान्दैन ।।
हेर्छन् सबैले आफ्नो विपना ।
भएछन् सबै सखाप सपना ।
हेर्दा हेर्दै सबै हुन्छ स्वाहा ।
जादैनन् केही साथ हाम्रो ।
मानव मर्न तयार छन् ।
तर हार मान्दैन ।।
कसैको कोही छैन साथ
छन् बम बारुदको हात ।
रुस होस् या युक्रेन ।
इजरायल होस् या हमास
मानव लास हुन तयार छन् ।
मानव मर्न तयार छन् ।
तर हार मान्दैनन् ।।
परमाणु हतियारले ,
युद्ध गर्न तयार छन् ।
मरोस् सारा संसारको मान्छे तर
परमाणु बनाउन छोड्दैनन् ।
मानव मर्न तयार छन् ।
तर हार मान्दैनन् ।।
धन्य हाम्रो जीवन
उज्यालो कसले गर्ने हो ।
विश्व शान्तिको संदेश कसले दिने हो ।
मानव अशान्त हुन तयार छन् ।
मानव मर्न तयार छन् ।
तर हार मान्दैनन् ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4