+
+
Shares

रोल्पा सुनछहरी पहिरो अपडेट : एकै घरका ३ जनाको मृत्यु

एक अझै बेपत्ता

सुर्य प्रकाश बुढा मगर सुर्य प्रकाश बुढा मगर
२०८३ साउन २९ गते १२:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोल्पाको सुनछहरी गाउँपालिका–२ मा गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा ७७ वर्षीय वीरबहादुर घर्तीमगर, ६८ वर्षीया शनि घर्तीमगर र ७० वर्षीया लली घर्तीमगर रहेका छन् ।
  • सोही स्थानमा पहिरोले घर पुरिँदा ६० वर्षीय लादे घर्तीमगर बेपत्ता भएका छन् र उनको खोजी भइरहेको छ ।

२९ साउन, रोल्पा । सुनछहरी गाउँपालिका–२ मा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । सुनछहरी गाँउपालिका–२ फलबाङ्गका वीरबहादुर घर्तीमगरको घर पहिरोले पुरिएको हो ।

घरमा रहेका ७७ वर्षीय वीरबहादुर घर्ती मगर, ६८ वर्षीया शनि घर्ती मगर र ७० वर्षीया लली घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए ।

उक्त घरमा बसेका तीन जनानै मृत्यु भएको प्रहरीले बताएको छ ।

त्यस्तै, सुनछहरी–२ कै गिट्ठेमा बस्ने अन्दाजी ६० वर्षीय लादे घर्तीमगरको घर पनि पहिरोले परेको छ । पहिरोले पुरिएर उनी पनि बेपत्ता भएको वडाध्यक्ष कृष्णबहादुर बुढाले बताए ।

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?