+
+
Shares

रोल्पाको पहिरोमा बेपत्ता भएका दुई महिला मृत भेटिए

सुर्य प्रकाश बुढा मगर सुर्य प्रकाश बुढा मगर
२०८३ साउन ९ गते १८:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोल्पाको सुनछहरी गाउँपालिका–१ मा गएको पहिरोमा परी बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ।
  • मृत्यु हुनेमा स्थानीय ३५ वर्षीया अमिरा घर्ती मगर र ३८ वर्षीया असौजी घर्ती मगर रहेको गाउँपालिका अध्यक्ष धनबहादुर पुनले जानकारी दिनुभयो।
  • पहिरोमा परी घाइते भएका ६२ वर्षीय कुले घर्तीलाई उद्धार गरी स्थानीय सेरम स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ।

९ साउन, रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार दिउँसो पहिरो जाँदा बेपत्ता भएका दुई महिला मृत भेटिएका छन् ।

मृत भेटिनेमा गाई–बाख्रा चराउन गएकी स्थानीय महिला ३५ वर्षीया अमिरा घर्ती मगर र ३८ वर्षीया असौजी घर्ती मगर रहेको सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले जानकारी दिए ।

अध्यक्ष पुनको जानकारी अनुसार, सोही पहिरोमा परेर ६२ वर्षीय कुले घर्ती गमभीर घाइते भएका छन् । उनको उद्धार गरी स्थानीय सेरम स्वास्थ्य चौकीमा लगिएको उनले जानकारी दिए ।

मृत्यु भएका दुई महिलाको शवसमेत फेला परिसकेको छ ।

पहिरोमा केही पशुचौपाय पनि परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दिउँसो करिब १:१० बजे गाईबाख्रा चराइरहेका बेला माथिबाट एक्कासी पहिरो खसेको थियो ।

लगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेर खोजी कार्यमा खटिएका थिए ।

घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?