+
+
Shares

रोल्पामा गोठालो गएका दुई महिला पहिरोमा बेपत्ता, खोजी जारी

सुर्य प्रकाश बुढामगर सुर्य प्रकाश बुढामगर
२०८३ साउन ९ गते १७:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोल्पाको सुनछहरी गाउँपालिका–१ स्थित दवाङ लेकमा शुक्रबार दिउँसो गएको पहिरोमा दुई महिला बेपत्ता भएका छन् ।
  • गाईबाख्रा चराइरहेका बेला एक्कासी खसेको पहिरोमा केही पशुचौपाया समेत पुरिएका छन् ।
  • इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा उद्धार तथा खोज कार्य जारी राखेको छ ।

९ साउन, रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार दिउँसो पहिरो जाँदा २ महिला बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, दिउँसो करिब १:१० बजे गाईबाख्रा चराइरहेका बेला माथिबाट एक्कासी पहिरो खसेको थियो ।

पहिरोमा केही पशुचौपाया पुरिएका छन् । प्रहरीले विवरण संकलन गर्ने क्रममा दिउँसो ४:२० बजेसम्म दुई जना महिला पहिरोमा बेपत्ता भएको जनाएको छ । यद्यपि उनीहरूको अवस्थाबारे भने प्रहरीले यकिन नभइसकेको जनाएको छ ।

उनीहरूको परिचय तथा पशुचौपायाको क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

उद्धार तथा खोजी कार्यलाई तीव्र बनाउन इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ ।

प्रहरीले खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ भने घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?