News Summary
Generated by OK AI. Editorially reviewed.- तनहुँको बन्दीपुरमा बन्दीपुर हिल्सले दसैंतिहार बिदामा ‘बन्दीपुर फेस्ट’ आयोजना गर्ने भएको छ ।
- फेस्टमा स्थानीय परिकार, सांस्कृतिक कार्यक्रम, साहसिक गतिविधि र पारिवारिक मनोरञ्जनका आकर्षण समावेश हुनेछन् ।
- पहिलो चरणमा २८ असोजदेखि १ कात्तिकसम्म र दोस्रो चरणमा ७ देखि १० कात्तिकसम्म महोत्सव हुनेछ ।
२७ असोज, काठमाडौं । चाडबाड अवसर पारेर तनहुँ बन्दीपुरमा महोत्सव आयोजना हुने भएको छ ।
बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडको ब्रान्ड बन्दीपुर हिल्सले दसैंतिहार बिदाको अवसरमा ‘बन्दीपुर फेस्ट’ आयोजना गर्ने बताएको छ ।
महोत्सवमा मौलिक स्थानीय परिकार, सांस्कृतिक कार्यक्रम, साहसिक गतिविधि तथा पारिवारिक मनोरञ्जनका विभिन्न आकर्षण समावेश हुनेछन् । बन्दीपुर केबुलकारको लोअर स्टेसनमा ९ दिने फुड फेस्टिभल आयोजना गरिने छ । स्थानीय परिकार, रमाइला खेल तथा सांस्कृतिक प्रस्तुति समेत समेटिएको कम्पनीले जनाएको छ ।
बालबालिका तथा परिवारका लागि विशेष गतिविधि र किड्स जोन केबुलकार, जिपलाइन, स्काई साइक्लिङ लगायत अनुभव तथा गतिविधि आयोजना गरिने फेस्टको पहिलो चरणमा २८ असोजदेखि १ कात्तिकसम्म महोत्सव आयोजना गरिने छ ।
दोस्रो चरणमा ७ देखि १० कात्तिकमा महोत्सव हुनेछ । दसैंतिहार अभियान अन्तर्गत बन्दीपुर हिल्सले प्रमुख पदमार्ग र विभिन्न स्थानमा रहेका पर्यटन साझेदार मार्फत प्रवर्द्धनात्मक कुपन वितरण गर्ने भएको छ ।
बन्दीपुर केबुलकार एन्ड टुरिज्म लिमिटेडका बजार प्रबन्धक विभु गौतमका अनुसार बन्दीपुर हिल्सलाई नेपालको एक प्रिमियम पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसाथ महोत्सव आयोजना गर्न लागिएको हो ।
कार्यक्रम संयोजक सुरज राईका अनुसार कार्यक्रम सबैका लागि खुला हुनेछ भने प्रवेश नि:शुल्क गरिने छ ।
प्रतिक्रिया 4