साना सहर
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ ।
गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् ।
उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका हुन् ।
यस घटनाबारे थप विवरण आउन बाँकी छ ।
उता हुथी विद्रोहीले साउदी अरबलाई लक्षित गर्दै लगातार ड्रोन तथा मिसाइलबाट हमला गरिरहेको छ । केही दिनअघि रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा हुथी हमलामा केही मानिस पनि मारिएका थिए ।
आजमात्रै रियादको उत्तरी क्षेत्रमा तीनवटा ड्रोन अवरोध गरी खसालिएको साउदी अरबले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4