+
+
Shares

कांग्रेसको बहिष्कारबीच सुदूरपश्चिममा बजेटका प्राथमिकतामाथि छलफल जारी

सुदूरपश्चिम प्रदेशसभामा बजेट विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारबीच प्रदेशसभामा बजेटमाथि छलफल जारी छ। 

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १८:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेशसभामा बजेट विवाद चर्किएपछि कांग्रेसले सदन बहिष्कार गरे पनि बजेटको प्राथमिकतामाथि छलफल जारी छ।
  • कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले सरकारले प्रतिपक्षीसँग समन्वय नगरेको भन्दै आजदेखि प्रदेशसभाका सबै बैठक बहिष्कार गर्ने बताए।
  • नेकपाले बजेट संशोधन र छानबिन गर्ने सहमति गर्दै संसदीय छानबिन समिति गठन र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने निर्णय गरेको छ।

२७ असोज, धनगढी । सुदूरपश्चिम प्रदेशसभामा बजेट विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारबीच प्रदेशसभामा बजेटमाथि छलफल जारी छ।  सरकारले मंगलबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरी बजेट पारित गर्ने प्रक्रिया अघि बढाउन खोजे पनि कांग्रेसको बहिष्कार निर्णय गरेको थियो।

बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय नगरेको भन्दै सदन बहिष्कार गर्ने निर्णय गरिएको नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले बताए । उनले आजदेखि प्रदेशसभाका सबै बैठक बहिष्कार गर्ने जानकारी दिए ।

कांग्रेसको बहिष्कारका बीच अहिले प्रदेशसभामा बजेटको प्राथमिकतामाथि छलफल भइरहेको छ।

यसैबीच, बजेट विवाद समाधान गर्न सत्तारूढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र बजेट संशोधन तथा छानबिन गर्ने सहमति भएको छ । नेकपाले संसदीय छानबिन समिति गठन गर्ने र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमति गरेको हो ।

आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। बजेटमाथिको छलफल सुरु हुनुअघि नै विवाद चर्किएपछि प्रदेशसभा बैठकसमेत प्रभावित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?