+
+
Shares

सुदूरपश्चिम खुलाबाट चटौत, थापा र विष्ट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

भूगोलबाट १३ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये तीन जना केन्द्रीय सदस्यमा निर्वाचित हुने वैधानिक व्यवस्था छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १८:२८

२७ असोज, काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वअर्थमन्त्री बहादुरसिंह थापा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनी सुदूरपश्चिम भूगोलबाट खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

नेता थापासँगै दिवानसिंह विष्ट पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । सुदूरपश्चिम प्रदेशसभाका सदस्यद्वय थापा र विष्ट कञ्चनपुरका बासिन्दा हुन् ।

अन्तिम मतपरिणाम अनुसार दुवै जनाले समान एक हजार ७९९ मत पाएका छन् । थापा र विष्टसँगै सुदूरपश्चिम भूगोलबाट डडेल्धुराका जनक चटौत पनि केन्द्रीय सदस्यमा विजयी भएका छन् । उनले दुई हजार ५०८ मत पाएका छन् ।

भूगोलबाट १३ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये तीन जना केन्द्रीय सदस्यमा निर्वाचित हुने वैधानिक व्यवस्था छ ।

सुदूरपश्चिम भूगोलतर्फ चौथो भएका विजयबहादुर स्वारले एक हजार ५९४, पदमबहादुर शाहीले एक हजार ४९२, पुस्करराज ओझाले एक हजार ५८५, नन्दकृष्ण जोशीले एक हजार ५८३ मत पाएका छन् ।

यस्तै, दीपकबहादुर सिंहले एक हजार तीन सय ११, हरिप्रसाद बोहराले एक हजार १९२, टीकाराम खनालले एक हजार १३४, लेखराज जोशीले ९७१, रामबहादुर राकायाले ९६०, र सिभी मल्लले ७१५ मत प्राप्त गरेका छन् ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?