+
+
Shares

कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबु अग्रता बढाउँदै

दुई हजार ३९० मत गणना गर्दा खतिवडाले एक हजार ७५ मत पाएका छन् भने दोस्रो स्थानका शिवाकोटीले ७७२ मत ल्याएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते १४:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत खुला सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायम रहेको छ ।
  • २ हजार ३९० मत गणनामा खतिवडाले १ हजार ७५ र शिवाकोटीले ७७२ मत पाएका छन् ।
  • डिल्लीराम सुवेदीले ५८३, देवेन्द्रराज कडेलले ४९९ र विमलराज क्षेत्रीले ९३ मत पाएका छन् ।

२६ असोज, काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै रहेको छ ।

खुलामा नौँ जनाबीच प्रतिस्पर्धा भइरहँदा दुई जना निर्वाचित हुनेछन् । जसमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै रहेको हो ।

दुई हजार ३९० मत गणना गर्दा खतिवडाले एक हजार ७५ मत पाएका छन् भने दोस्रो स्थानका शिवाकोटीले ७७२ मत ल्याएका छन् ।

तेस्रो स्थानका डिल्लीराम सुवेदीले ५८३ मत ल्याएका छन् । चौथो स्थानका देवेन्द्रराज कडेलले ४९९ मत ल्याएका छन् ।

पाँचौँ स्थानका विकास कोइरालाले ३९४ मत पाएका छन् । छैटौँ स्थानका राजीव ढुंगानाले ३५३ मत पाएका छन् ।

सातौँ स्थानका रमेशप्रसाद धमलाले २८२ मत पाएका छन् । आठौँ स्थानका अमृतकुमार अर्यालले २५७ मत पाएका छन् । पुछारमा रहेका विमलराज क्षेत्रीले ९३ मत पाएका छन् ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?