News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको महामन्त्री मतगणनामा उदयशमशेर राणाले अमरसिंह पुनलाई पछि पार्दै ७८३ मतसहित अग्रता लिएका छन् ।
- महामन्त्रीमा प्रदीप पौडेलले १ हजार ३७० मतसहित फराकिलो अग्रता बनाएका छन्, र सुनिल शर्माले ५३९ मत पाएका छन् ।
- निर्वाचन समितिले शनिबार रातिबाट उपसभापति र महामन्त्रीको मतगणना शुरू गरेको छ, र सहमहामन्त्रीको गणना पनि चलिरहेको छ ।
२५ असोज, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणनामा उदयशमशेर राणाले अमरसिंह पुनलाई पछि पारेका छन् । मतगणनाको प्रारम्भिक अवस्थामा राणा भन्दा पुन अघि देखिएका थिए ।
पछिल्लोपटक सार्वजनिक परिणाम अनुसार राणाले ७८३ मत प्राप्त गर्दा पुनले ६८७ मत पाएका छन् ।
महामन्त्री पदमा प्रदीप पौडेलले अन्य उम्मेदवारलाई फराकिलो अन्तरले पछि पारेर अग्रता लिएका छन् ।
पौडेलले हालसम्म पाएको मत एक हजार ३७० छ । सोही पदका उम्मेदवार सुनिल शर्माले ५३९ मत ल्याएका छन् । उक्त पदमा अन्य प्रतिस्पर्धीमा गुरुराज घिमिरे, शंकर तिवारी र डा.सन्तोष उपाध्याय उम्मेदवार छन् । खुलातर्फ महामन्त्री दुई र महिलातर्फ १ जना चयन हुनेछन् ।
निर्वाचन समितिले शनिबार रातिबाट उपसभापति र महामन्त्रीका उम्मेदवारको मत गणना सुरु गरेको थियो ।
निर्वाचन समितिका अनुसार सहमहामन्त्री महिला र खुलातर्फ विहान ११ बजे मतगणना सुरु गरिएको छ । आदिवासी जनजातितर्फ सहमहामन्त्री र मतगणना मध्याह्नपछि सुरु गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रिया 4