+
+
Shares

कांग्रेस अधिवेशन : सभापतिको मतगणना आजै गरिने

कांग्रेसको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार सभापति पदको मात्रै मतगणना आजै गर्ने तयारी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १८:३६

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत सभापतिको मतगणना आजै गरिने भएको छ । कांग्रेसको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार सभापति पदको मात्रै मतगणना आजै गर्ने तयारी छ ।

उनले सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा आजै हुने तय भएको जानकारी दिए ।

अहिले भने मतदान चलिरहेको छ । बिहानबाट सुरु भएको मतदान पहिलो दिउँसो ३ बजेसम्म तय थियो । त्यो समय नपुग हुने देखिएपछि ५ बजेसम्म थपिएको थियो ।

थप गरिएको २ घण्टामा पनि मतदान सम्भव नभएपछि साँझ ७ बजेसम्मका लागि मतदानको समय तोकिएको छ ।

मतदान सकिएलगत्तै सभापतिको मतगणना सुरु गर्ने तयारी छ ।

सभापति पदका लागि गगनकुमार थापा र श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा छन् ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?