News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये १२ तहमा नेपाली कांग्रेसको पालिका अधिवेशन सम्पन्न भएको छ, खानीखोला गाउँपालिकामा बाँकी छ।
- बनेपा नगर सभापतिमा राम जोशी निर्वाचित भएका छन्, उनले प्रतिस्पर्धी सुधिर वैद्यलाई पराजित गरे।
- भुम्लु गाउँ सभापतिमा मञ्जु शाह सर्वसम्मत निर्वाचित भएकी छन्, १३ पालिका मध्ये निर्वाचित एकमात्र महिला सभापति हुन्।
८ असोज, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये १२ तहमा नेपाली कांग्रेसको पालिका अधिवेशन सम्पन्न भएको छ । खानीखोला गाउँपालिकामा भने अधिवेशन हुन बाँकी छ ।
कांग्रेसका अनुसार बुधबार सम्पन्न अधिवेशनबाट बनेपा नगरपालिका सभापतिमा राम जोशी निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी सुधिर वैद्यलाई पराजित गरेका हुन् ।
त्यस्तै पाँचखाल नगरपालिका सभापतिमा सञ्जय तामाङ दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका छन् ।
यसैगरी मण्डनदेउपुर नगर सभापतिमा रामहरि सापकोटा सर्वसम्मत निर्वाचित भएका छन् भने पनौती नगर सभापतिमा रूपक महत र धुलिखेल नगर सभापतिमा विदुर बस्नेत सर्वसम्मत चयन भएका छन् ।
यसैगरी भुम्लु गाउँ सभापतिमा मञ्जु शाह सर्वसम्मत निर्वाचित भएकी छन् ।
१३ पालिका मध्ये एक मात्र महिला सभापति चयन भएकी शाह यसअधि महाधिवेशन प्रतिनिधि थिइन् ।
बेथानचोक गाउँ सभापतिमा डिगमान तामाङ सभापति निर्वाचित भए । बेथानचोकमा खजेन्ची लामा प्रतिस्पर्धामा थिए ।
तेमाल गाउँपालिका सभापतिमा बिकुलाल तामाङ, रोशी गाउँ सभापतिमा दोर्जे लामा, महाभारत गाउँ सभापतिमा दोस्रो कार्यकालका लागि सागर मोक्तान, नमोबुद्ध नगर सभापतिमा कृष्ण लामा बोम्जन र चौरीदेउराली गाउँ सभापतिमा राजेश गौतम चयन भएका छन् ।
प्रतिक्रिया 4