News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेको रोशी गाउँपालिका–७ कटुन्जेबाट थानसिंह जाने क्रममा यात्रुबाहक बस खरिबाटे खोलामा फसेको छ ।
- बस फसेको सूचना पाएपछि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टिम १० जनासहित घटनास्थल पुगेको थियो ।
- यात्रुलाई सुरक्षित स्थानमा सारिएको र कुनै मानवीय क्षति नभएको बताइएको छ ।
८ असोज, कठमाडौं । काभ्रेको रोशी गाउँपालिका–७ कटुन्जेबाट थानसिंह जाने क्रममा यात्रुबाहक बस खोलामा फसेको छ ।
थानसिंह जाने भित्री सडकखण्डस्थित खरिबोटमा यात्रुबाहक बस खोला तर्ने क्रममा बीचमा फसेको हो ।
बस फसेको सूचना पाएपछि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेश भकुण्डेबेशीबाट सशस्त्रका असई समुन बुढाथोकीको कमाण्डमा १० जनाको विपद् व्यवस्थापन टिम परिचालन भएको थियो ।
यात्रुलाई सुरक्षित स्थानमा सारिएको र कुनै मानवीय क्षति नभएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4