रोशी ९ पिन्थलीबेंशीमा झरेको लेदो हटाइँदै
३ साउन, काभ्रे । पहिरो पन्छाएपछि बीपी राजमार्गमा सवारी आवागमन सुरु भएको प्रहरीले जनाएको छ ।
बीपी राजमार्गमा पर्ने काभ्रेको रोशी गाउँपालिकाका वडा नम्बर ७, ८ र ९ का विभिन्न स्थानमा पहिरो खस्दा सवारी आवागमन पूर्णरुपमा रोकिएको थियो ।
पहिरो पन्छाएपछि आज बिहान ७:४० बजेदेखि सवारी आवागमन जारी रहेको प्रहरीले जनाएको छ ।
बीपी राजमार्गको रोशी–७ अमलटारी मुनि गएको पहिरो तथा रोशी–९ पिन्थलीबेंशीमा झरेको लेदो हटाएपछि राजमार्गमा गाडी चल्न थालेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4