+
+
Shares

मतदान गर्न राष्ट्रिय सभा गृह पुगे गगन थापा

नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापा मतदान गर्न राष्ट्रिय सभा गृह पुगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते ८:२४

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापा मतदान गर्न राष्ट्रिय सभा गृह पुगेका छन् ।

राष्ट्रिय सभा गृहमा मतदानका लागि थापा बागमती प्रदेशका प्रतिनिधिहरूसँग आएका हुन् ।

कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ ।

शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुने भनिए पनि एक घण्टा ढिला गरी मतदान सुरु भएको हो ।

यसअघि बिहीबार गर्ने भनिएको मतदान तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो ।

निर्वाचन समितिका अनुसार प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह र खुलामञ्चमा बुथहरू स्थापना गरी मतदान भइरहेको छ ।

राष्ट्रिय सभा गृहमा बागमती प्रदेशका मतदाताहरूले मतदान गरिरहेका छन् ।

 

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?