+
+
Shares

मेरो नाम जोडिएका उम्मेदवारको सूची आधिकारिक होइनन् : गगन थापा

‘मेरो नाम जोडेर आएको लिस्ट भनी प्रचार गरिएका कुनै पनि उम्मेदवारहरूको सूचीलाई मेरो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझिदिनुहुन आग्रह गर्दछु,’ उनले भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते ७:३५

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि भइरहेको निर्वाचनमा आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारहरूको सूचीलाई आधिकारिक समर्थनका रूपमा नबुझ्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत शुक्रबार बिहान उनले यस्तो बताएका हुन् ।

थापाले पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक प्रक्रियामा कुनै पनि प्यानल वा गुट नरहेको स्पष्ट पार्दै आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारको सूची प्रचार भइरहेकोप्रति ध्यानाकर्षण गराएका हुन् ।

‘मेरो नाम जोडेर आएको लिस्ट भनी प्रचार गरिएका कुनै पनि उम्मेदवारहरूको सूचीलाई मेरो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझिदिनुहुन आग्रह गर्दछु,’ उनले भनेका छन् ।

उनले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै पनि अफवाहमा नलाग्न र भ्रममा नपरी आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन तथा विश्वासका आधारमा मतदान गर्न आग्रह गरेका छन् ।
थापाले पार्टीको सर्वोपरि हितलाई ध्यानमा राखेर मर्यादित, संयमित र उत्साहपूर्ण ढङ्गले निर्वाचन प्रक्रियामा सहभागी हुन पनि प्रतिनिधिहरूलाई अनुरोध गरेका छन् ।

उनले प्रतिनिधिहरूको विवेकपूर्ण निर्णयले पार्टी संगठनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

निर्वाचनमा भएको ढिलाइबाट महाधिवेशन प्रतिनिधिहरूमा पर्न गएको असुविधाप्रति थापाले क्षमासमेत मागेका छन् ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?