+
+
Shares

ओपन एआईको आम्दानी अपेक्षाभन्दा कम रहेको खबरपछि अमेरिकी सेयर बजारमा गिरावट

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते ७:५८

२३ असोज, काठमाडौं । च्याटजीपीटी निर्माता ओपन एआईको वार्षिक आम्दानी अपेक्षा गरिएभन्दा कम रहेको खबरपछि अमेरिकी सेयर बजारमा गिरावट आएको छ । ओपन एआईको वार्षिक आम्दानी यसअघि सार्वजनिक भएको विवरणभन्दा करिब २० अर्ब डलर कम रहेको खबर सार्वजनिक भएको थियो

सोही खबरको प्रभावका कारण अमेरिकी सेयर बजारमा प्रविधि कम्पनीका सेयर मूल्यमा गिरावट आएको फाइनान्सियल टाइम्सले जनाएको छ ।

सअघि सञ्चारमाध्यमहरूले लगानीकर्ताबाट प्राप्त सूचनाका आधारमा कम्पनीको वार्षिक आम्दानी ७० अर्ब डलर पुगेको उल्लेख गरेका थिए । तर ओपन एआईले आफैंले हालै लगानीकर्तालाई आफ्नो वार्षिक आम्दानी ५० अर्ब डलरको नजिक पुगेको जानकारी दिएको थियो ।

पहिले सार्वजनिक विवरणभन्दा ओपन एआई आफैंले सार्वजनिक गरेको विवरणमा करिब २० अर्ब डलरको फरक देखिएपछि बिहीबार अमेरिकी सेयर बजारमा प्रविधि कम्पनीहरूको बाहुल्य रहेको नास्डाक कम्पोजिट परिसूचक १.२५ प्रतिशतले घटेको सीएनएनले जनाएको छ । यो अगस्टको मध्ययताकै सबैभन्दा ठूलो एकदिने गिरावट हो ।

एसएन्डपी ५०० परिसूचक पनि ०.५ प्रतिशतले घटेको छ । बजार खुलेदेखि नै गिरावट देखिएको थियो ।

आम्दानीसम्बन्धी खबरपछि एआई पूर्वाधार निर्माणमा संलग्न सेमिकन्डक्टर चिप निर्माता, क्लाउड सेवा प्रदायक र अन्य प्रविधि कम्पनीका सेयरसमेत घटेका छन् । एनभिडियाको सेयर २.९ प्रतिशत, इन्टेलको ५.३ प्रतिशत र ओराकलको ५.५ प्रतिशतले घटेको छ ।

एआईको मागले ओपनएआई र एन्थ्रोपिकजस्ता कम्पनीलाई नाफामा पुर्‍याउन सक्छ कि सक्दैन भन्ने प्रश्न यसअघि नै उठ्दै आएको थियो ।

एन्थ्रोपिकको आम्दानी गणनामा क्लाउड सेवा प्रदायकबाट प्राप्त कुल आम्दानी समावेश हुने भए पनि ओपन एआईको गणना खुद आम्दानीका आधारमा गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?