२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचन प्रक्रियामा प्यानलगत चिट बाँडिएको भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन् ।
सभापतिका उम्मेदवार गगन थापाले आन्तरिक रूपमा प्यानलगत सूची तयार गरी बाँडेको भन्ने हल्ला फैलिएपछि उनको यस्तो धारणा सार्वजनिक भएको हो ।
उनले भनेका छन्, ‘हामीले बनाएको/पठाएको भनेर प्यानलको चिट बाँडिएको थाहा पाएको छु l ती सबै फेक हुन् l सभापति र मेरा लागि सबै उम्मेदवार साथीहरू समान हुनुहुन्छ । हामीले प्यानल बनाउनु आवश्यक छैन।’
वरिष्ठ उपसभातिका उम्मेदवार समेत रहेका नेता शर्माले सभापतिका उम्मेदवार गगन थापाले समेत आफ्नो नामको प्यानल भएको भनेर आएका सूची फेक भएको बताइसकेको बताए ।
उनले अगाडि भनेका छन्, ‘जो साथीहरूले जिते पनि सबै समान हुनुहुन्छ । महाधिवेशन प्रतिनिधिहरूले मत दिँदा वशेष महाधिवेशनको पक्ष/ विपक्ष छुट्याएर दिनुहुन्न l मत परिणाम आउँदा त्यहाँ सबै थरि अनुहारको सन्तुलित प्रतिनिधित्व देखिनु पार्टीको बृहत्तर एकताको पक्षमा हुनेछ l
सभापतिका उम्मेदवार गगन थापाको प्यानल भनेर आन्तरिक रूपमा उम्मेदवारको सूची सामाजिक सञ्जाल मार्फत् वितरण भएको सूचनापछि शर्माले यो कुरा भनेका हुन् ।
प्रतिक्रिया 4