+
+
Shares

खुलामञ्चमा कांग्रेस महाधिवेशन प्रतिनिधिहरूको ठेलमठेल (तस्वीरहरू)

खुलामञ्चमा मतदान गर्ने व्यवस्था व्यवस्थित नहुँदा भद्रगोल हुन पुगेको छ । प्रतिनिधिहरू खुलामञ्चभित्र मत खसाल्न जानका लागि एकआपसमा ठेलमठेल गरिरहेको देख्न सकिन्छ ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ असोज २३ गते ८:५६

२३ असोज, काठमाडौं ।  नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुने भनिए पनि एक घण्टा ढिला गरी मतदान सुरु भएको हो ।

खुलामञ्चमा ६ प्रदेश र विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था मिलाइएको छ । बागमती प्रदेशका प्रतिनिधिहरूका लागि भने प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा मत खसाल्ने व्यवस्था मिलाइएको छ ।

खुलामञ्चमा मतदान गर्ने व्यवस्था व्यवस्थित नहुँदा भद्रगोल हुन पुगेको छ । प्रतिनिधिहरू खुलामञ्चभित्र मत खसाल्न जानका लागि एकआपसमा ठेलमठेल गरिरहेको देख्न सकिन्छ ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?