+
+
Shares

कांग्रेस महाधिवेशन : मतदानको पर्खाइमा प्रतिनिधिहरू (तस्वीरहरू)

मतदान गर्ने समय पटक-पटक सरिरहँदा प्रतिनिधिहरू भने मतदानका लागि प्रतीक्षामा बसिरहेका देखिन्छन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ असोज २२ गते १२:५७

२२ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।

केन्द्रीय निर्वाचन समितिले दिउँसो २ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिरहेको छ ।

मतदान सुरु गर्ने विषयमा निर्वाचन समितिले पदाधिकारीसहितका उम्मेदवारहरूसँग छलफल गरेर समय निर्धारण गरेको हो ।

मतदान सुरु गर्ने विषयमा राष्ट्रिय सभा गृहमा सभापति, उपसभापति र महामन्त्रीलगायत पदाधिकारीका उम्मेदवारसँग समितिले छलफल गरेको थियो ।

निर्वाचन समितिले यसअघि आज बिहान १० बजेदेखि मतदान सुरु गर्ने जनाएको थियो । तर तयारी नपुगेको भन्दै मतदान समय दिउँसो १ बजेसम्मका लागि सारिएको थियो । अहिले फेरि समय लम्ब्याएर मतदान सुरु गर्ने समय दिउँसो २ बजे पुर्‍याएको छ ।

मतदान गर्ने समय पटक-पटक सरिरहँदा प्रतिनिधिहरू भने मतदानका लागि प्रतीक्षामा बसिरहेका देखिन्छन् ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?