+
+
Shares

कांग्रेस महाधिवेशन : २ बजेसम्म थपियो उम्मेदवारको दाबी-विरोधको समय

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते १२:४१
फाइल तस्वीर

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा पदाधिकारी लगायत विभिन्न पदका उम्मेदवारहरूको दाबी विरोध गर्ने समय थप भएको छ ।

निर्वाचन समितिका अनुसार दाबी विरोधको समय आज दिउँसो २ बजेसम्मका लागि थप भएको हो ।

यो अवधिमा उम्मेदवारहरूले आफ्नो मनोनयन फिर्ता/उम्मेदवारी सच्याउने तथा प्रकाशित नामावलीमा नाम छुट्न गएको भए सो समेतको दाबी गर्न पाउने छन् ।

यसअघि समितिले दाबी विरोधको समय मध्याह्न १२ बजेसम्मका लागि तोकेको थियो ।

पदाधिकारीलगायत विभिन्न पदका उम्मेदवारको दाबी विरोधको काम चलिरहेकै बेला वर्षा भएपछि केही प्रभावित भएको हो ।

वर्षाका कारण १५औं महाधिवेशन अन्तर्गत बन्द सत्रमा प्रस्तुत चार वटा प्रतिवेदन पारित गर्ने कार्यक्रम समेत प्रभावित भएको छ ।

निर्वाचनस्थल र बन्द सत्रस्थलमा भएका प्रतिनिधिहरू वर्षाका कारण तितरवितर भएका छन् ।

निर्वाचन समितिले आज बिहानै उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?