२० असोज, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका उम्मेदवार किशोरसिंह राठौरले गगन थापामाथि पार्टी एकता गराउन पर्याप्त मेहनत नगरेको आरोप लगाएका छन् । हिमालय टीभीको यक्षप्रश्नमा पत्रकार निमेष बञ्जाडेसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
‘पार्टी एक गराउन जति मेहनत गर्नुपर्थ्यो त्यति देखिएन,’ राठौरले भने, ‘जति घनिभूत मेहनत गर्नुपर्थ्यो त्यो देखिएन । हामी बाहिरबाट हेर्दा, भित्र के भएको थियो थाहा भएन ।’
यस्तै, गगनले सभापति भएर टिकट बाँड्दा पनि न्याय गर्न नसकेको उनले अर्को आरोप लगाए ।
‘अर्को उहाँले यो पार्टीलाई मर्यादित बनाउन सक्नुहुन्न । उहाँका कार्यकर्ता अहिले गालीगलौच गर्दैछन् । गालीगलौच गर्ने संस्कृति कांग्रेसको संस्कृति होइन,’ राठौरले भने, ‘त्यो कम्युनिस्टहरूको संस्कृति हो ।’
कांग्रेसको संस्कृति मिलाउँदै लैजाने रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रिया 4