+
+
Shares

भारतीय वायुसेनाको २९ औं प्रमुखमा अशुतोष दीक्षित नियुक्त

एयर मार्सल दीक्षित प्रायोगिक परीक्षण पाइलट तथा योग्यताप्राप्त उडान प्रशिक्षक हुन् । उनीसँग ३ हजार ५ सय घण्टाभन्दा बढी उडान अनुभव छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते २०:२३

भारत सरकारले वायुसेनाको २९ औं प्रमुखमा एयर मार्सल अशुतोष दीक्षितलाई नियुक्त गरेको छ । उनी हाल वायुसेनाको उपप्रमुखका रूपमा कार्यरत छन् ।

रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत यसको जानकारी दिएको हो ।

एयर मार्सल दीक्षितले ३१ अक्टोबरदेखि एयर चिफ मार्सल अमरप्रीत सिंहको स्थानमा भारतीय वायुसेनाको कमान्ड सम्हाल्नेछन् । एयर चिफ मार्सल अमरप्रीत सिंह सोही दिनबाट अवकास लिनेछन् ।

एयर मार्सल दीक्षित प्रायोगिक परीक्षण पाइलट तथा योग्यताप्राप्त उडान प्रशिक्षक हुन् । उनीसँग ३ हजार ५ सय घण्टाभन्दा बढी उडान अनुभव छ ।

उनले आफ्नो करियरमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् । उनले चिफ अफ इन्टिग्रेटेड स्टाफ कमिटी टु द चेयरम्यान, मुख्यालय इन्टिग्रेटेड डिफेन्स स्टाफ तथा एयर अफिसर कमान्डिङ इन चिफ, सेन्ट्रल एयर कमान्डलगायतका जिम्मेवारी सम्हालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?